शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकबाट पनि आईएमई लाइफ इन्स्योरेन्सको बीमा गराउन सकिने

बुधबार, ०१ फागुन २०७५, १६ : ३६
बुधबार, ०१ फागुन २०७५

काठमाण्डौं–आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे ।

सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप