शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो नेपाली किबोर्डमा नेपाली स्टिकर, यसरी अभिव्यक्त गर्न सकिन्छ प्रेम

बुधबार, ०१ फागुन २०७५, १६ : २४
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– हाम्रो नेपाली किबोर्ड प्रेम अभिव्यक्त गर्न नेपाली स्टिकरसहित आएको छ ।

प्रेम दिवसमा माया प्रेम अभिव्यक्त गर्न कुनै कसर बाँकी नरहोस भनी विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थपेको  हाम्रो नेपाली किबोर्डले जनाएको छ । थपिएका नयाँ स्टिकरमा कान्छा, कान्छी, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएका छन् । यसका साथै हाम्रो पात्रोमा समेत प्रेमदिवस विशेष इकार्डहरु उपलब्ध छन् । 

हाम्रो नेपाली किबोर्डको नयाँ स्वरुप, स्टिकर, इमोजी सहितको संस्करणलाई सवैले रुचाएका छन् ।  हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको नेपाली एप बन्न समेत सफल भएको छ । यस अघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आंकडा बनाउन सफल भएको थियो । 

हाम्रो नेपाली किबोर्डले नयाँ वर्ष २०१९ को अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप