शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माल्टामा एनआरएनए राष्ट्रिय समन्वय समिति गठन

बुधबार, ०१ फागुन २०७५, १६ : १८
बुधबार, ०१ फागुन २०७५

लण्डन । माल्टामा तेज बहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)  राष्ट्रिय समन्वय समिति गठन भएको छ।  गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन्।  यो गैरआवासीय नेपाली संघ (एनआरएनए)  को  ८० औ  राष्ट्रिय समन्वय समिति हो । 
 
कार्यक्रममा सम्बोधन गर्दै उपाध्याक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्ने कदमको सुरुवात गरेको भन्दै एनआरएनए माल्टाका पदाधिकारीहरुलाई धन्यवाद समेत दिए।

कुनैपनि मुलुकमा विभिन्न सम्भावना स्थापित गर्न सके समृद्ध बनाउन सकिने बताउँदै उपाध्यक्ष पन्तले भने, माल्टा जस्तो सानो मुलुकमा पनि अथाह सम्भावना भएरै हो आज हाम्रै ४ हजार बढी नेपाली दाजुभाई दिदीबहिनी यहाँ बसोबास गरिरहेका छन्। यस्तै सम्भावना हाम्रो नेपालमा पनि छ।

जसको सदुपयोगका लागि हामीले हातेमालो गरेर अघि बढ्न जरुरी छ । पन्तले माल्टामा गठित एनसीसीले सो क्षेत्रमा रहेका नेपालीलाई एकत्रित गरी आपसी भाइचारा अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास समेत व्यक्त गरे।

भेलाले तेज वहादुर लिम्वुको अध्यक्षतामा संघको २५ सदस्सीय माल्टा राष्ट्रिय समन्वयन परिषद्को तर्दश समिति गठन गरेको छ। एनआरएनए माल्टाको कार्यसमितिको उपाध्यक्षमा रेमलाल खनाल, कृष्ण थापा, महासचिवमा सन्देश केसी, सचिवमा शंकर पोखरेल, कोषाध्यक्षमा सदिन पोखरेल, सहकोषाध्यक्षमा सरिता राई चयन भए। 

भेलाले महिला संयोजकमा सुस्मा राई, युवा संयोजकमा रोसन गिरी र सदस्यहरुमा शुसिल अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्जुन पौडेल, दिपक खनाल, विरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल रहेका छन्।

भेलामा गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव वरुवाल लगायतको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप