शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगापिक्सेलको पप–अप सेल्फी क्यामरा

बुधबार, ०१ फागुन २०७५, १५ : ५९
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याउँदैछ ।

हालै भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ । जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ ।

यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ । 

हालै अमेजन इन्डियाको आफिशियल ल्यान्डिङ पेजमा देखिएअनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । सो पेजको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ ।

भीभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ । यहि फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फुल एचडी प्लस स्क्रीन छ ।

त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ । यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । सो स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ ।

यसैबिच भीभो भी १५ प्रोको यूजर्स ह्याण्ड अन पिक्चर देखिएको छ जसमा नयाँ कलर अप्सन देखिन्छ । यसअघि ब्ल्याक र रेड ग्रेडिएन्ट ह्यू कलर अप्सनमा मात्र उपलब्ध हुने अुनमान गरिएको भीभो भी १५ प्रो ब्लू कलर अप्सनमा पनि आउनसक्ने देखिएको छ ।

भी १५ प्रोमा भएको पपअप सेल्फी क्यामरा, नयाँ कलर अप्सन, उच्च क्षमताको प्रोसेसर र र्यामका  साथमा भीभो भी १५ प्रोको लन्चसँगै भीभोले ग्राहकहरुलाई धेरै अप्सनसहित आकर्षित गर्नसक्नेछ । नेपाली बजारमा भीभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप