शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेस्टका विजेता बने प्रतिना र आयुश

बुधबार, ०१ फागुन २०७५, १५ : ३८
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– ओपोले ‘भ्यालेन्टाईन्स डे विथओपो’ कन्टेस्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डेलाई लक्षित गर्दै गरेको कन्टेस्टमा प्रतिना प्रधान र आयुश कार्की विजेताका रुपमा छनोटमा परेका छन् । 

फेबु्रअरी ५ देखि ११ सम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र ईन्स्टाग्राम) मार्फत सञ्चालित उक्त कन्टेस्टमा युवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो । 

प्रतियोगितामा सहभागिताका लागि ईच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा ईन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसँग एक तस्विर ह्याशट्याग ओपोडेट र ह्यासट्याग ओपोएनपीको अनिवार्य प्रयोग सहित पोष्ट गर्न आग्रह गरिएको थियो । 

विजेता प्रतिना प्रधान र आयुश कार्कीले कम्पनीका तर्फका फेब्रुअरी १४ भयालेन्टाइन्स डेका दिनमा दुई–दुई जनाका लागि पूर्ण प्रायोजित ‘आपो डेट’ जितेका बनेका हुन् ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘स्थानिय तथा अन्तरर्राष्ट्रिय विशेष अवसरलाई दृष्टिगत गर्दै आयोजित यस्ता प्रतियोगितालाई हामीले आफ्ना उपभोक्तासंग नजिकिने सटिक माध्यमका रुपमा लिने गरेका छौँ । वैश्विक ब्राण्डका रुपमा हामी स्थानियकरणलाई विशेष प्राथमिकता दिने गर्छौ ।’ 

ओपो नेपालले लामो समयदेखि स्थानीय तथा अन्तरर्राष्ट्रिय महत्वका अवसरहरु लक्षित गर्दै यस्ता प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विशेष गरी युवाहरुमाझ यस्ता प्रतियोगिता लोकप्रिय रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप