शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल लाइफको अधिकांश सूचकमा प्रगति, नाफा बढ्दा जीवन बिमाकोषको आकार २४.३ प्रतिशतले बृद्धि

बुधबार, ०१ फागुन २०७५, १५ : १२
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–नेपाल लाइफ इन्सुरेन्स कम्पनीले ०.३० प्रतिशतले खुद नाफा बृद्धि गरेको वित्तीयय विवरण सार्वजनिक गरेको छ ।

 नेपाल लाइफले २८ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिमा नेपाल लाइफले २७ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

 नियामक बिमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी जीवन बिमाका लागि २ अर्ब रुपैयाँ हो । बिमा कम्पनीहरुमध्ये चुक्ता पुँजीमा सबैभन्दा अगाडी नेपाल लाइफ इन्सुरेन्स रहेको छ । कम्पनीले जगेडा कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ राखेको छ ।  

यस्तै कम्पनीको जीवन बिमा कोषको आकार ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २४.३३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा जीवन बिमा कोषको आकार ४५ अर्ब ६३ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ति कोषमा ३७ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीले दोस्रो त्रैमासमा पुर्नबिमा कमिसनबाट १ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । हालसम्म कम्पनीले ७९ अर्ब १५ करोड रुपैयाँ कुल बिमा शूल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्रानी गर्न बाँकी छ । 

दोस्रो त्रैमाससम्म नेपाल लाइफको प्रतिसेयर आम्दानी १२.७६ पैसा रहेको छ । यसमा  प्रतिसेयर आम्दानी गणना गर्दा गत वर्षको सेयर संख्यालाई लिइएको कम्पनीले भनेको छ ।  कम्पनीको प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप