मासुजन्य पदार्थ अनुगमन गर्न कार्यदल गठन
काठमाडौं– काठमाडौं भक्तपुर तथा ललितपुर लगायतका ठा“उहरुमा तारे होटल, पार्टी प्यालेस, रेष्टुरेन्ट तथा कोल्ड रुमहरुमा अवैधरुपमा भारतबाट भित्रिएका तयारी मासु तथा मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन गरिएको छ । सरकारी निकायको संयोजन रहने कार्यदलमा पोल्ट्री व्यवसायीहरु समेत संलग्न रहनेछन् ।
काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाका दाना उद्यमीहरु, ह्याचरी उद्यमीहरु, कुखुरा पालक किसानहरु, कोल्डस्टोर व्यवसायीहरु तथा चल्ला दाना वितरकहरुकोे संयूक्त भेलाबाट सो कार्यदल गरिएको हो ।
भेलाले नाकाबाट खुलेआम रुपमा आयात भइरहेको कुखुरा तथा चल्लाको नियमित चेकजाँच गरेर मात्र भेटेरीनरी सिफारीस गरिदिन सरकारबाट सम्बन्धन प्राप्त भेटेरीनरी डाक्टरहरुलाई अनुरोध गरेको छ ।
उल्लेखित निर्णयहरुलाई पुर्ण रुपमा पालना गर्न पशुसेवा विभाग एवं अन्य मातहतका विभागिय प्रमुखहरुसंग छलफल गरी समस्या समाधानको लागि सम्बन्धीत निकायहरुलाई पत्राचार समेत गर्ने–गराउने निर्णय पनि भेलाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित
-
नेपालमा पहिलो पटक कोदोबारे अन्तर्राष्ट्रिय बहस
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन