शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आलिया र रणवीर सिंहबीचको १३ सेकेन्डको ‘किसिङ सिन’मा सेन्सर

बुधबार, ०१ फागुन २०७५, १२ : २०
बुधबार, ०१ फागुन २०७५

मुम्बई – बलिउड फिल्म ‘गली ब्वाई’ मा रहेको अभिनेत्री आलिया भट्ट र रणवीर सिंहबीचको ‘किसिङ सिन’मा सेन्सर बोर्डले कैची लगाएको छ । 

गीत र ट्रेलर निकै हिटे ट्रेलरमा समेत प्रयोग गरिएको सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर पार्ने र १३ सेकेन्डको ‘किसिङ सिन’ ले युवामा भ्रम पैदा हुने भएकोले केही काटछाट गरिएको  सीबीएफसीले जनाएको छ । 

साथै किसीङ सिनको ‘क्लोजअप’लाई हटाएर ‘वाइडर शट’ बनाइएको छ ।
 
फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ । 

 फिल्मको र्याप गीत अहिले निकै चर्चामा रहेको छ । चर्चित निर्देशक जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा रहेका छन् ।

साथै फिल्ममा अन्य कैयौँ सिनमा सेन्सरले कैची चलाएको बताइएको छ । साथै फिल्ममा पार्टनर रुपमा रहेको रोयल स्टेगको नामसमेत हटाउन सेन्सरले निर्देशन दिएको छ ।

फिल्म प्रदर्शन अघि नै जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको छ भने फिल्ममा रनबीर आलियाका साथै निर्देशक जोया अख्तरको समेत निकै तारिफ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप