मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानले अत्यधिक पैसाको माग गरेपछि बन्द भयो ओशोे बायोपिक सिरिज !

बुधबार, ०१ फागुन २०७५, ११ : ३१
बुधबार, ०१ फागुन २०७५

आमिर खान फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि डिजिटल वर्ल्डमा डेब्यू गर्ने खबर सार्वजनिक भएको थियो । उनी नेटफ्लिक्ससँग मिलेर ओशोको जीवनमा आधारित एक सिरिज लिएर आउँदै छन् । यो वेब सरिजलाई शकुन बत्राले निर्देशन गरिरहेका छन् । आमिर ओशोमाथि बन्ने यो वेब सिरिजमा मुख्य भूमिका निभाउने खबर थियो ।

यद्यपी, नेटफ्लिक्सको यो सिरिज अब स्थगित गरिएको बताइएको छ । रिपोर्टका अनुसार आमिर खानले नेटफ्लिक्सको यो सिरिजका लागि अत्यधिक पैसाको माग गरेका छन् जसका कारण निर्माताले यो प्रोजेक्टलाई स्थगित गर्दै विचार गर्नका लागि समय माग गरेका छन् ।

खबरका अनुसार आमिर खानले निर्मातासँग जुन रकम मागेका छन् त्यो उनीहरुलाई धेरै लाग्यो । दुई पक्षबीच यसबारे कुराकानी पनि भयो तर आमिर खान आफ्नो शुल्क कम गर्ने पक्षमा छैनन् । त्यसकारण निर्माण पक्षले ‘ओशो बायोपिक’ सिरिज होल्ड गरेका छन् । आमिर खानसँग यो सिरिजमा आलिया भट्ट पनि साइन गराउन लागिएको थियो । उनी यसमा ओशोकी सहयोगी आमा आनन्द शीलाको भूमिका निभाउने बताइएको थियो ।

आमिर खान ओशोजस्तै देखिन निकै परिवर्तन हुनुपर्दथ्यो । यो वेब सिरिजका लागि आमिरले निकै मेहनत पनि गर्नुपर्दथ्यो । यो लामो समयसम्म चल्ने प्रोजेक्ट हो । त्यसकारण यसमा निकै अघिदेखि काम सुरु गरिँदै थियो ।

यस्तै, खबरका अनुसार आमिर खानले टी–सिरिजको ठूलो बजेटको बायोपिक फिल्म ‘मोगुल’ का लागि हरियो झण्डा देखाएका छन् । मिटू अभियानका कारण आमिर खान यो प्रोजेक्टबाट अलग्गिएका थिए । यद्यपी, अहिलेसम्म निर्माताले ‘मोगुल’ कहिलेदेखि सुरु हुन्छ भन्ने  आधिकारिक घोषणा गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप