शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफूभन्दा १५ वर्ष कान्छा प्रेमीका अगाडि सुस्मिताले गरिन् यस्तो काम

बुधबार, ०१ फागुन २०७५, ११ : २०
बुधबार, ०१ फागुन २०७५

मुम्बई – बलिउड अभिनेत्री सुस्मिता सेन अहिले आफूभन्दा १५ वर्ष कान्छा प्रेमीसँग प्रेममा परेकी छिन् । सरल र बिन्दास जीन्दगी बाँच्न रुचाउँने सेनको प्रेमले चर्चा पाइरहेको छ भने उनी सञ्चार माध्यममा छाइरहेकी छिन् । 

उनी केहि दिन अगाडि ‘फिल्म जर्नालिस्ट अवार्ड’ मा सहभागि भएकी थिइन् । सधैँजस्तै उनी उक्त कार्यक्रममा प्रेमी रोहमनसँग पुगेकी थिइन् । ‘अफ सोल्डर’ कालो रङको गाउनमा देखिएकी सेनका प्र्रेमी पनि कालो सुटमा उपस्थित भएका थिए । 

कार्यक्रमको सेनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा उनी रोहमनको अगाडि बसेर लिपिस्टिक लगाइरहेकी छिन् । 


साथै, सुस्मिताले रोहमनसँगको सम्बन्धको बारेमा पनि सबैको सामु स्वीकार गरेकी छिन् । उनी प्रायः आफ्नो र प्रेमीको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहन्छिन् । भने, सार्वजनिक कार्यक्रमहरुमा उनीहरु हातमा हात राखेर उपस्थित हुने गर्छन् । 

१५ वर्षले सेन रोहमनभन्दा जेठी भएपनि यी दुईको प्रेम घनिस्ठ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप