प्रहरी असईले रेस्टुरेन्ट मालिकलाई पेस्तोल ताकेपछि....
काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाहीलाई वानेश्वर प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेको राती अबेरसम्म पनि उनीहरु बसिरहेपछि सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।
त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
सो क्रममा शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले शाहीले प्रहरीलाई समेत दुर्व्यहार गरेको प्रतिवेदनतसहित आवश्यक कारबाहीको लागि अपराध महाशाखामा फाइल पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ