बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

७० वर्षसम्म जवान देखिन दुधमा मिलाएर खानुहोस् यो औषधि

बुधबार, ०१ फागुन २०७५, ०९ : ३८
बुधबार, ०१ फागुन २०७५

एजेन्सी – शरीरमा क्याल्सियमको मात्रा पूरा गर्नको लागि दुध पिउनु अत्यावश्यक छ । शरीरमा क्याल्सियमको कमि हुन नदिन हरेकलाई जन्मेदेखि नै दुध सेवन गराइन्छ । दूधले शरीरमा क्याल्सियमको मात्रा पूरा गर्छ र शरीरका हड्डीलाई मजबुत बनाइराख्न मद्दत गर्छ । 

स्वस्थ शरीर र हड्डीको लागि हरेक दिन एक गिलास दूध पिउनु अत्यन्तै जरुरी भएको डाक्टरहरु बताउँछन् । सादा दूध पिउँदा शरीरलाई आवश्यक क्याल्सियमको मात्रा त पूरा हुन्छ तर यसमा गुँद मिसाएर खानुभयो भने यसले शरीरमा धेरै प्रकारको फाइदा पुर्याउँछ । 

गुँदलाई अंग्रेजीमा Tragacanth Gum भनिन्छ । यो एक प्रकारको वनस्पति औषधि हो । यसको न कुनै स्वाद न कुनै गन्ध नै हुन्छ । स्वादहीन, गन्धहीन, चिपचिप र पानीमा घुल्ने खालको खैरो, पहेँलो र सेतो रङको हुन्छ । रुखबाट निस्किएको गुँदमा विविध प्रकारका पोषक तत्व पाइन्छ । यसलाई दूधमा मिसाएर खाँदा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्या हट्ने गर्छ । 

- यदि हरेक दिन दूधमा गुँद मिसाएर पिउने गर्नुहुन्छ भने तपाईको मानसिक र शारीरिक रुपमा लाभदायी हुनेछ । गुँदले शारीरिक र मानसिक दुवै प्रकारको थकानबाट राहत दिन्छ ।

 - निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन हरेक रातिमा दूधमा गुँद मिसाएर पिउँने गर्नुपर्छ । यस्तो गर्दा सजिल्यै निन्द्रा लाग्ने र आनन्द महसुस हुन्छ ।

  -पाचन प्रक्रियामा गडबढी भएमा वा प्राचनप्रणाली तन्दुरुस्त राख्नको लागि गुँद मिसाएको दूध पिउँनु पर्छ । युसले कब्जियतको समस्याको पनि समाधान गर्छ । 

 -दूधमा क्याल्शियमका साथ साथै शरीरलाई आवश्यक पोषक तत्व पनि प्राप्त हुन्छ । भने गुँदमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्व हुन्छ । यो दुवैको मिलाएर खाँदा शरीरलाई निकै फाइदाजनक हुन्छ । 

 - यदि तपाई तनाव नियन्त्रण गर्न सकिरहनुभएको छैन भने यसको लागि मन तातो पानीमा गुँद हालेर पिउनुभयो भने तपाईलाई आराम महसुस हुन्छ । यसका साथै यसले प्रजनन् क्षमतामा वृद्धि गर्नुका साथै शुक्रकिटको संख्यामा पनि वृद्धि गर्छ । 

-  गुँदमा प्रोटिन र फ्ल्यालिक एसिडको मात्रा धेरै हुन्छ । जसले शरिरमा भएको रगतको कमी हुन दिदैन । 

 -र, गुँद र मेहेन्दीको फूल पिसेर दूधमा मिसाएर लगाउँदा टाउको दुख्ने समस्या कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप