फाइनलमा पुग्न नेपाली टिमले इरानलाई हराउनु पर्ने
काठमाडौं - भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला टोलीले आज (बुधबार) इरानसँग खेल्दैछ । नेपाललाई फाइनलमा पुग्न इरानलाई हराउनु पर्ने बाध्यता छ ।
पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित भएको नेपालले सोमबार भएको दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले हराउँदै फाइनल पुग्ने सम्भावना बनाएको थियो । यसअघि भइको दुई खेलमा इरान भारतसँग १–० र म्यानमारसँग २–० गोलले पराजित भएको थियो । आजै हुने अर्को खेलमा भारत र म्यानमार भिड्नेछन् ।
लगातार दुई जित निकालेको म्यानमार ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतले तीन तीन अंक बनाएका छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अन्तिम खेलमा नेपालले इरानलाई हराएरमा, म्यानमारेले भारतलाई हराए वा बराबरीमा रोकेमा नेपाल फाइनलमा पुग्नेछ ।
नेपालको बिराटनगरमा फागुन २८ देखि ८ गतेसम्म आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिपको तयारीका लागि भारतले हिरो गोल्डकप आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा