म्यानचेस्टरविरूद्ध पीएसजीको सानदार जित
काठमाडाैं - प्रभावशाली खेलाडी विनै मैदानमा उत्रिएको पेरिस सेन्ट जर्मन (पिएसजी) ले युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि २–० गोलको सानदार जित हात पारेको छ ।
लिगअन्तर्गत युनाइटेडको घरेलु मैदानमा भएको राउन्ड अफ १६ को पहिलो लेगमा पीएसजीका नेमार, इडिन्सन काभानीलगायत खेलाडी चोटका कारण खेलेका थिएनन् । युनाइटेडलाई उसैको मैदानमा हराउन पीएसजीका प्रेस्नेल किमपेम्बे र केलियन एमबाप्पेले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै खेल जित्यो । ५३ औं मिनेटमा किमपेम्बेले पहिलो गोल गरे । ६० औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै पीएसजीको जित सुनिश्चित पारेका थिए ।
खेलको अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको युनाइटेडले गोल फर्काउन सकेन । युनाइटेडका पउल पोग्वा ८९ औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड खाँदै बाहिरिका थिए । पोग्वाले अब दोस्रो लेग गुमाउने छन् । यसैगरी च्याम्पियन्स लिगको अर्को खेलका इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्तोलाई २–१ गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार