प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान
ललितपुर - प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।
किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ । वागमती, ४ स्याउलेका दीपेन्द्र लोलाई अदालतले जेल तोकेको हो । कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत प्ुगेको छ ।
फौजदारी न्यायमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने सिद्धान्त रहेको अदालतका अधिकारी बताउँछन् । जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले १४ वर्षमनिको किशोरीसँग सहमतिमा यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको ठहर गरेको छ । लोविरुद्ध ०७५ जेठ ११ गते प्रहरीमा जाहेरी परेको थियो । आरोपित व्यक्ति जेठ ११ थुनामा छन् । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार