अख्तियारको फन्दाबाटै असइ फरार, सुरक्षा व्यवस्था कडा
महोत्तरी । दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक (असइ) फरार भएका छन् ।
आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका छन् ।
औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासी अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् ।
महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएअनुसार असइ अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।
अख्तियारको फन्दाबाट फरार भएका असइ साहलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् ।
बर्दिबासस्थित कार्यालयबाट गएको पाँच÷छ जनाको टोलीले प्रहरी चौकीमा कार्यरत असइ साह र नवदुर्गा सःमिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेका थिए ।
हाल दुवै जना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तियारको टोलीसँग गएका प्रहरीले सःमिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका