शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा एकैदिन तीन शव फेला

मङ्गलबार, २९ माघ २०७५, २० : २१
मङ्गलबार, २९ माघ २०७५

सप्तरी । यहाँ आज एकै दिन दुई युवक र एक वृद्धाको शव फेला परेको छ । बोदे बर्साइन नगरपालिका–८ काचनका ३६ वर्षीय महेश्वर दासको शव फेला परेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा शव फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । 

यसैगरी कञ्चनरुप नगरपालिका–५ बस्ने ३४ वर्षीय छुतरु सरदारको समेत पासोमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक बिष्टले जानकारी दिए । 

प्रहरीका अनुसार घर नजीकै रहेको कोशी टप्पुस्थित खयरको रूखमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा सरदारको शव फेला परेको हो । 

यस्तै प्रसिद्ध शक्तिपीठ रहेको छिन्नमस्ता गाउँपालिकामा नाम, ठेगाना नखुलेका एक ७० वर्षीया वृद्धाको शव फेला परेको छ । 

इलाका प्रहरी कार्यालय सखडाले जनाएअनुसार छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता शक्तिपीठ परिसरमा विगत ५ वर्षदेखि मागी खाई बस्ने गरेको वृद्धा मृतावस्थामा फेला परेकाले उनको नाम, ठेगाना र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप