शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डलाई विश्वकप जिताउने गोलरक्षक गोर्डनको निधन

मङ्गलबार, २९ माघ २०७५, २० : २०
मङ्गलबार, २९ माघ २०७५

एजेन्सी । इङ्ल्यान्डलाई सन् १९६६ को फिफा विश्वकप फुटबलको उपाधि दिलाउन महत्पवूर्ण भूमिका निभाएका गोर्डन बैंक्सको निधन भएको छ । गोर्डनको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । इङ्ल्यान्डले पहिलो पटक विश्वकप फुटबलको उपाधि चुम्दा गोर्डनको पोस्ट सम्हाल्ने क्षमता बेजोडको थियो ।

सन् १९६३ देखि सन् १९७२ सम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीमा रहेका गोर्डनले देशका लागि  ७३ खेल खेलेका थिए । उनले ६ पटक विश्वकै सर्वोत्कृष्ट गोलरक्षकको उपाधि जिते । सन् १९७० को विश्वकपमा ब्राजिलका महान खेलाडी पेलेले सशक्त प्रहारलाई रोकेपछि गोर्डन थप चर्चामा थिए ।

गोर्डनले इङ्लिस क्लब लेस्टर सिटी, चेस्टरफिल्ड, स्टोक सिटी जस्ता चर्चिक क्लबबाट ब्यवसायिक फुटबल खेलेका थिए । गोर्डनको निधन भएको दुःखद् समाचार सुनाउनु पर्दा मर्माहित भएको बीबीसीले जनाएको छ । उनको निधनको कारण नखुलाईए पनि बुढ्यौलीका कारण हुनसक्ने अनुमान गरिएको छ ।

इङ्ल्यान्डले सन् १९६६ को विश्वकप जित्दा गोर्डनसँगै टोलीमा रहेका उनका सहकर्मी सर बबी चार्लटनले गोर्डनको निधनको आफूलाई मर्माहित बनाएको बताएका छन् । चार्लटनले गोर्डन सर्वकालीन महान गोलरक्षक रहेको पनि बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप