शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २९ गते प्रदेश नम्बर ५ हेडलाइन : कहाँ, के–के भए ?

मङ्गलबार, २९ माघ २०७५, १९ : ४६
मङ्गलबार, २९ माघ २०७५

प्रदेश नम्बर ५ राजधानी र नामाकरणका लागि गठित विशेष समिति सदस्य हेरफेर

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठित विशेष समितिमा आज सदस्य हेरफेर गरिएको छ ।  समितिमा सबै जिल्लाका सदस्यको प्रतिनिधित्व नभएको भन्दै पटक–पटक संसदका कुरा उठ्दै आएको थियो । समितिमा पश्चिम नवलपरासी, रूकुम र बाँकेबाट प्रतिनिधित्व नभएकोले आज थपिएको हो ।

को– को परिवर्तन भए ? 

समितिका ३ जना सदस्य हटाएर ३ नयाँ सदस्यहरू थप गरिएका हुन् । रूपन्देहीका अष्टभुजा पाठकलाई हटाएर नवलपरासी पश्चिमका बैजनाथ कलवारलाई थप गरिएको छ । अर्घाखाँचीका चेतनारायण आचार्यलाई हटाएर बाँकेका बाबुराम गौतम र बर्दियाका दिपेश थारूलाई हटाएर रूकुम पूर्वका तेजबहादुर ओलीलाई सदस्यमा थप गरिएको हो ।

प्रदेशसभाको मंगलवार बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले ३ जनाको नाम हटाएर थप नयाँ ३ सदस्य थपिएको सभालाई जानकारी दिए ।

१५ सदस्यीय समितिमा कल्पना पाण्डे (अर्घाखाँची), तारा जिसी (प्यूठान), तुलसीप्रसाद चौधरी (रूपन्देही), दीनेश पन्थी (गुल्मी), दिपेन्द्र पुन मगर (रोल्पा), नारायणप्रसाद आचार्य (पाल्पा), निर्मला क्षेत्री (अर्घाखाँची), भुवनेश्वर चौधरी (बर्दिया), रमा अर्याल (रूपन्देही), वीरबहादुर राना (पाल्पा), विष्णुप्रसाद पन्थी (कपिलवस्तु), सरस्वती गौतम (दाङ) र सहसराम यादव (कपिलवस्तु) रहेका छन् ।

प्रदेशसभाको दोस्रो अधिवेशनको अन्तिम बैठक साउन २९ गते अन्तिम बैठकले प्रदेशको नामाकरण र राजधानी कहाँ बनाउने भनेर सुझाव संकलनका लागि विशेष समिति बनेको थियो । ३ महिनाभित्र सुझाव संकलन गर्ने गरी गठित समितिले संयोजक समेत तोक्न सकेको थिएन ।

समितिको म्याद सकिएपछि समितिको संयोजकमा दीपेन्द्र पुनमगर चयन भएका थिए । तर फेरि सबै जिल्लाबाट प्रतिनिधित्व हुन नसकेको सांसद र विभिन्न समितिका बैठकमा कुरा ती जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्य थप गरिएका हुन् ।

समितिका संयोजक दीपेन्द्र पुन मगरले समिति गठन गर्दा सबै जिल्लाबाट प्रतिनिधित्व नहुँदा अहिले आएर हेरफेर गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘समितिमा सदस्य थपघट भएको कुरा हजुरबाट सुन्न पाए । अब समितिमा सबै जिल्लाको प्रतिनिधित्व भएको छ । अबको १ हप्तापछि हामी रायसुझाव संकलनका लागि निस्किन्छौं ।’ प्रदेशमा १२ जिल्लाका ८७ सांसदको प्रतिनिधित्व छ ।

समितिले सुझाव संकलनका लागि ६ टिम बनाएको छ । जसमा कम्तीमा २ सदस्य नघट्ने गरी एउटा समिति २ जिल्लामा पुग्ने छन् । त्यहाँ प्रश्नावलीका आधारमा स्थानीय जनता, राजनीतिक दलका नेता कार्यकता, संघसंस्थाका प्रतिनिधि र बुद्धिजीवीसँग राय सुझाव लिनेछन् ।

आज वसको बैठकमा खानी उत्खनको विद्येयक माथि सैद्धान्तिक छलफल भएको  थियो । प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, पुष्पा थरुनी , तुलाराम घर्ती, डिल्ली चौधरीले राखेका प्रश्नको जवाफ उद्योगमन्त्री लिला गिरीले दिएका थिए । अर्को बैठक फागुन ५ गते बस्नेछ ।

सपना र संकल्पबाट तर्सिएर सरकारको विरोध : मुख्यमन्त्री

बुटवल– पाँच नम्बर प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं. ५ का इन्चार्ज शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । सरकार विरोधीहरुले कुनै गल्ती नभेटाए पनि सपना र संकल्पबाट तर्सिएर विरोधको लागि विरोध गरेको उनको टिप्पणी छ ।

नेकपा बुटवल उपमहानगर कमिटीले मंगलवार बुटवलमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले भने– ‘सरकारले काम गर्ने दौरानमा केही गल्ती गरेको छैन, गल्तीको विरोध भन्दा पनि नेकपाले लिएको सम्वृद्धिको संकल्पबाट तर्सिएर विरोध भएको छ ।’  

छिटो परिणाम खोज्ने प्रवृत्ति र कम्युनिष्टलाई वद्नाम गर्ने उदेश्यले सरकारको विरोध भएको उनले बताए । अहिले कानुन निर्माणको लागि सरकारले समय खर्च गर्नु परेकोले जनताले देख्ने गरी काम नभएको उनको भनाई छ । उनले भने– कानुन बनाएको जनताले अनुभूतिहुने गरी देख्ने कुरा भएन । कानुन वनाउने काम सकिएपछि  देख्ने गरी काम हुन्छ ।’

काँडेतारको घेरा तोडेर ६ जना फरार

बुटवल– रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ६ जना फरार भएका छन् ।  सोमबार राति करिब १२ बजे आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट भागेर उनीहरु फरार भएका हुन् । सुधार गृहमा ७२ जना रहेका थिए ।

गृहकी प्रमुख सुभद्रा गौतमका अनुसार चोरी मुद्धा र जर्बजस्ती करणी मुद्धाका ६ जना अभियुक्तहरुलाई सुधार गर्ने गरी त्यहाँ राखिएको थियो । उनले आफु सुत्ने कोठाको झ्याल फोडेर भान्सा कोठा हुँदै तार जालीले घेरिएको गेट र सुरक्षामा रहेका प्रहरीको आँखा छलेर उनीहरु फरार भएको बताइन् । 

उनका अनुसार १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । यस गृहमा विभिन्न मुद्धाका ७२ जना रहेका छन् । फरार हुनेमा ४ जना चोरी मुद्दा र २ जना जबर्जस्ती करणीका बन्दी रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ ।
को–को भागे बालगृहबाट रु 

फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।

भाग्नेमा चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् ।

त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा ९सविन पौडेल० र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ ।

सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो । त्यहीबेला उनीहरुले योजना बनाएर फरार भएको बालसुधार गृह रुपन्देहीले जनाएको छ । 

कस्तो थियो अवस्था  ? 

सुरुमा जेलमा राखिएका १८ बर्ष मुनिका व्यतिmहरुलाई जेलमा राख्न नमिल्ने भएपछि महिला कार्यालयमा रहेको सुधार गृहमा रापखएको थियो । जसमा ६० जनाका क्षमता रहेको छ । तर अहिले ७२ जना छन् । जहाँ प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना सुरक्षाकर्मीको टिम तैनाथ हुने गरेको छ । उनीहरुले पालैपालो सुरक्षा दिने गरेका थिए ।

‘भौतिक पूर्वाधार कमजोर भएकोले ती बन्दीहरुलाई दिउँसोको समयमा घाम ताप्नको लागि बाहिर निकाल्ने गरिन्थ्यो’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले भने  । उनले भने, ‘सायद त्यहीबेला उनीहरुले योजना बनाएर  राती भाग्न सफल भएको हुनुपर्छ ।’ 

उनका अनुसार घटनाको बिषयमा  छानविन र बालकहरुको खोजीका लागि राती देखिनै प्रहरीको टोली खटिएको छ । तर अझैसम्म केही पत्ता लगाउन सकेको छैन् ।
 
तुलसीपुरमा भित्री चक्रपथ निर्माण हुँदै

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण गर्ने भएको छ । ग्रामिण वडाहरुलाई एकिकृत गर्ने गरी चक्रपथ निर्माण गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । ‘सडकको अवस्था नाजुक रहेका वडा नम्वर ३, ४ र ७ लाई जोडेर चक्रपथ निर्माण गर्न लागिएको हो’ नगरप्रमुख पाण्डेले वताए । उनले सडक सञ्जाल विस्तारलाइ उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै अन्य वडाहरुलाई पनि जोड्ने गरी चक्रपथ निर्माणको क्रम निरन्तर अगाडि वढाइने वताए ।

वडा नम्वर ७ राजापुरबाट सुुरु हुने भित्री चक्रपथको सडक राप्ती शान्ती उद्यान, मिलनचोक हुँदै गोटीखोलामा पुग्ने उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले वताए । ईन्जिनियर योगीले चक्रपथको लम्वाइ ५ किलोमिटर रहेको पनि वताउँदै ५ सय मिटर कालोपत्रे भइसकेको समेत जानकारी दिए । उनले सडकको कुल चौडाई ३० मिटेर हुने भएपनि तत्कालका लागि १२ मिटर रहने जानकारी दिए ।

प्रदेश सरकारको ३ करोड लागतमा निर्माण हुने सडकको काम यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने शहरी विकास तथा भवन कार्यालय दाङ्गका प्रमुख शरद मानन्धरले वताए । प्रमुख मानन्धरले यो आर्थिक वर्षमा ३ किलोमिटर जति बाटो कालोपत्रे गर्ने र बाँकी अर्को आर्थिक वर्षमा गर्ने गरी काम अगाडि वढाइएको पनि जानकारी दिए । ‘यसपटकको बजेटले सबैतिर कालोपत्रे गर्न पुग्दैन बाँकी अर्को वर्ष गरिनेछ ’ मानन्धरले भने । कार्यालय प्रमुख मानन्धरले डिपीआरको काम सम्पन्न भइसकेको वताउँदै स्टिमेट गरेर तत्काल काम अगाडि वढाइने पनि जानकारी दिए ।

यातायात क्षेत्रका मजदुरलाई बुटवलमा अन्तर्राष्ट्रिय प्रशिक्षण

बुटवल– यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई आफना अधिकारका बारेमा जानकारी गराउने लक्ष्य सहित बुटवलमा प्रशिक्षण शुरु भएको छ । अन्र्तराष्ट्रिय यातायात मजदुर संगठन ( आईटिएफ )र जर्मनी संस्था एफईएसको सम्युक्त आयोजनामा संचालित प्रशिक्षणमा  ६ जिल्लाका २५ जना  यातायात मजदुरको सहभागिता रहेको छ । ३ दिन सम्म संचालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाण्डौ, कपिलवस्तु ,कास्की र रुपन्देहीका यातायात मजदुरको सहभागिता रहेको छ ।

सन् १८९६ मा स्थाापना भएको अन्तर्राष्ट्रिय यातायात मजदुर संगठन ( आईटिएफ )मा अहिले १ सय ३९ राष्ट्रका २ करोड मजदुर र ६ सय ७७ वटा युनियन आबद्ध रहेको साउथ एसियाकी युवा कोडिनेटर आरती अधिकारीले बताइन् । 

प्रशिक्षणमा यातायात मजदुरले भोग्नु परेका समस्याहरुलाई संगठित रुपमा समाधानका उपायहरु जानकारी गराउने तथा अन्तर्राष्ट्रिय संगठनमा आबद्धता गराउन टेवा पुर्याउने रहेको युवा कोडिनेटर आरतीले बताईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप