शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी प्रिमियर लिग : रुपन्देही च्यालेन्जर्सको दोस्रो जित

मङ्गलबार, २९ माघ २०७५, १९ : १४
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले आफ्नो दोस्रो जित दर्ता गरेको छ भने धनगढी स्टार्सले दोस्रो हार व्यहोरेको छ ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिबाईसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरुद्ध ५ विकेटको जित निकाल्यो । विराटनगरले दिएको ९४ रनको मध्यम लक्ष्य रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो । 

सुरुवाती ब्याट्सम्यान सस्तैमा पभेलियन फर्केपछि दबाबमा आएको रुपन्देहीको इनिङस पुनित मेहरा र बाबर हायातले उकासेका थिए । मेहराले ४६ र हायातले १७ रन जोडे । भिम सार्कीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । विराटनगरका अविनाश यादवले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन जोड्यो । विराटनगरका असदुल्लाह खानले १६, कुशल भुर्तेलले १२ रन जोडे । राजेश पुलामी १७ रनमा नटआउट रहे । रुपन्देहीका पुनित मेहराले ३ तथा बसन्त रेग्मी र ललित भण्डारीले २–२ विकेट लिए । 

आजै भएको पहिलो खेलमा धनगढीलाई ५ रनले हराउँदै अत्तरिया, तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको ९६ रनको सामान्य चुनौती पच्छ्याएको धनगढीले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । 

राजु रिजालले अबिजित २६ रन बनाएको ईनिङस्मा रोहन मुस्तफाले १८ रन जोडेका थिए । भुवन कार्कीले धनगढीको ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ५ विकेट गुमाएर ९५ रनको मध्यम योगफल तयार ग‍र्यो । 

सन्नी पटेलले नटआउट ३५ रन बनाएको ईनिङसमा जयकिशन कोलसावालाले २१ रनको योगदान गरे । धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । लिगमा भोलि महेन्द्रनगर युनाईटेड र काठमाडौ गोल्डेन्स तथा विराटनगर किंग्स र धनगढी स्टार्स बीच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप