बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव पारित

मङ्गलबार, २९ माघ २०७५, १५ : ४७
मङ्गलबार, २९ माघ २०७५

विराटनगर– प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पारित भएको छ । 

प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३) बमोजिम प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले दर्ता गराउनुभएको सो संशोधन प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य शिवनारायण गुरागाई रहेका छन्  ।

‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५’ सदनमा विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए। 

मन्त्री कार्कीले शून्य समयमा प्रदेशसभाका सदस्यले उठाएका विषयमा जवाफ दिँदै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागूऔषध ओसारपसारलाई नियन्त्रण गर्न भ्याएसम्मको जनशक्ति परिचालन गरिसकेको जानकारी दिए ।     

उनले टिपर सञ्चालनलाई व्यवस्थित गरी नियमन गर्ने बताउँदै आक्रोश र भिडन्तले समस्या समाधान नहुने र यसका लागि वार्ता नै उपयुक्त भएको बताए । प्रदेश नं १ मा रहेका करिव १०० नदी तथा खहरे खोलालाई नियन्त्रण गर्न प्रदेश सरकार आवश्यक गृहकार्यमा जुटेको बताउँदै मन्त्री कार्कीले मापदण्ड विपरित नदी उत्खन्न कार्यलाई पूर्ण रुपमा रोक लगाउने कुरामा जोड दिए ।

प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप