बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति खल्बल्याउने र आतंकित पार्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली

मङ्गलबार, २९ माघ २०७५, १५ : ०८
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरि फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजादै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको दाबी उनले गरे । उनले भने, ‘हल्ला गर्न रुचाउनेहरुले कतिपयले सेलिब्रेटी स्वभावका आफूलाई  सेलिब्रटी देखाउनका लागि अनैतिक खालका टिप्पणीहरु पनि त्यसमा गरे । अहिले नै राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या होकि जस्तो पनि पारिदिए । छिमेकी पिरेको भन्ने शब्दहरु पनि प्रयोग गरे ।’

शान्ति सुव्यवस्था खल्बल्याउने र जनतालाई आतंकित पार्ने काम भइरहेको भन्दै सरकारले प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताए । 
प्रधानमन्त्री ओलीले सरकारले अपराधरहित सचेत समाज निर्माण गर्न चाहेको स्पष्ट पारे ।  कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप