शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो अपर्ण र बेनियाको ‘घर’

मङ्गलबार, २९ माघ २०७५, १२ : २४
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं – अभिनेता अपर्ण थापाको निर्देशन रहेको फिल्म ‘घर’को छायांकन सकिएको छ । फिल्मको छायाँकन २० दिनमै सकिएको निर्माता शर्मिला पाण्डेले जानकारी दिइन् । उनले भनिन् ‘धेरै तयारी गरेकाले पनि छायांकन चाडै नै सकिएको हो ।’

काठमाडौको विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा अपर्ण आफै मुख्य भुमिकामा छन् । उनलाई  दुई अभिनेत्री बेनिशा हमाल र सुरक्षा पन्तले साथ दिएका छन् ।

हरर बिषयमा निर्माण भएको यो फिल्म डीएस डिजिटलको ब्यानरमा बनेको हो । दीपेन्द्र के खनाल र सुरज पाण्डे फिल्मका प्रस्तुतकर्ता रहेका छन् । फिल्म निरज कडेलले खिचेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप