बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘ब्रेकअप’ प्रचारमा कलेज पुगे आशिरमान

मङ्गलबार, २९ माघ २०७५, १२ : २३
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं – १७ फागुनबाट प्रदर्शनमा आउने फिल्म हो ‘ब्रेकअप’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिब्रता दिएको छ ।

आइतबार सरस्वती पूजाको अवसर पारेर प्रचार थालेको यो युनिटले सोही दिन पुल्चोक इन्जिनियरिङ कलेजमा फिल्म प्रचारका लागि पुगेको थियो ।

श्री पञ्चमीको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका विधार्थीमाझ पुगेको ब्रेकअप अर्थात अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठ र इच्छा कार्कीलाई हजारौँ दर्शकले घेरेका थिए ।

सो अवसरमा नजिकिदै गरेको ‘भ्यालेन्टाइन डे’ लक्षित गर्दै सुरुमै अभिनेता आशिरले लभ र ब्रेकअपको कुरा जोडे । युनिटले फिल्ममा समावेश ‘आज हाम्रो भेट भएको दिन’ बोलको गीतमा नृत्य गरेर बिद्यार्थी समेत नचाए । 

आशिर र इच्छाले स्टेजमा कम्मर मर्काउँदा दर्शक तथा विधार्थीहरुले साथमा साथ दिएका थिए । त्यसपछि आशिरका क्रेजी फ्यानहरु सेल्फी र अटोग्राफमा रमाए । एक युवती फ्यानले कापी र डायरीको अभावमा आफ्नो साथमा भएको एक हजारको नोटमै अटोग्राफी लिइन् । 

सोमबार र मंगलबार निर्माण युनिट फिल्म प्रचारमा बिभिन्न कलेज पुगेको छ । फिल्मको मुख्य कन्टेन्ट नै युवा लक्षित भएको भन्दै कलेज केन्द्रित प्रचारमा आफुहरु निश्किएको अभिनेता आशिरमान बताए । उनले ‘दि ब्रेकअप’ मनोरञ्जनको उपयुक्त खुराक भएको सुनाए ।

रुपक थापा, दीपक खतिवडा र रेनु राणाको निर्माणमा बनेको ‘दि ब्रेकअप’मा शिल्पा मास्के, सरोज खनाल लगायत लिड अभिनयमा छन् । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप