बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्रामी अवार्डः जब क्यामराको अगाडि नै पार्टनरलाई चुम्बन गर्न थाले काइली, कार्डी बी (हेर्नुहोस् २१ तस्बिर)

मङ्गलबार, २९ माघ २०७५, १० : १९
मङ्गलबार, २९ माघ २०७५

लस एन्जलिसमा आइतबार राती ६१ औं ग्रामी अवार्डको आयोजना भयो । यो मौकामा थुप्रै स्टार्स पुगे । तर सर्वाधिक चर्चामा थिए मोडल र रियालिटी स्टार काइली जेनर ।

वास्तवमा, रेड कार्पेटमा उपस्थिती जनाउने क्रममा काइली आफ्ना प्रेमी र –यापर ट्रेविस स्कटलाई चुम्बन गरिरहेको देखिइन् ।

ग्रामी अवार्डमा काइली र स्कट सँगै पुगेका थिए ।

दुबै रेड कार्पेटमा आउनेबित्तिकै एक–अर्कालाई अँगालो हाले । त्यसपछि एक–अर्काले क्यामरालाई खुबै पोज दिए ।

यतिमात्र होइन, दुबै क्यामराको अगाडि निकै इन्टिमेट भएर एक–अर्कालाई फ्रेन्च किस गर्न थाले ।

काइली गेगी पिंक शाइनिङ ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् ।

यस्तै, स्कटले कालो कोट लगाएका थिए ।

 

स्मरण रहोस्, किम कार्दासियनकी कान्छी बहिनी काइली एक छोरीकी आमा पनि हुन् ।

काइलीमात्र होइन, –यापर र गायिका कार्डी बी पनि आफ्नी श्रीमतीसँगै उक्त कार्यक्रममा पुगेकी थिइन् ।

उनले पनि आफ्ना श्रीमानलाई रेड कार्पेटमा चुम्बन गरेकी थिइन् ।

कार्डी बीको यस्तो व्यवहार सोसल मिडियामा निकै चर्चा भइरहेको छ ।

उनलाई धेरैले ट्रोलसमेत गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप