बलिउडका चर्चित भिलेन महेश आनन्दको शव लिन न पाँच श्रीमती पुगे, न छोरा नै
बलिउडका चर्चित भिलेन महेश आनन्दको संघर्ष मरेपछि पनि सिद्धिएको थिएन । एक्लोपनसँग जुधिरहँदा नै उनको मृत्यु भयो । मृत्युपछि उनको शव लिन न त पाँच श्रीमती पुगे न त छोरा नै । उनका छोरा त्रिशुल आनन्द टोरोन्टोमा छन् ।
पोष्टमार्टम रिपोर्टले महेशको मृत्यु प्राकृतिक तरिकाले भएको बताएको छ । एक भारतीय मिडियासँगको कुराकानीमा नायिका साहिला चड्ढाले केही साथीसँग मिलेर महेशको अन्तिम संस्कार गर्नै लाग्दा, उनकी बहिनीले महेशको शवमाथि दाबी गरिन् ।
ओशिवारामा भयो अन्तिम संस्कारः
साहिलाले भनिन्, ‘यो निकै निराशाजनक कुरा हो कि महेशको मृत्यु भएको कुरा सार्वजनिक भएपछि उनको शव दाबी गर्न कोही पनि आएनन् । अन्तिमसम्म कोही नआएपछि मैले केही साथीहरुसँग मिलेर उनको शव दाबी गर्नेबारे सोचेँ । धन्न उनकी बहिनी आइन् र शव दाबी गरेर सोमबार ओशिवारा श्मशान भूमिमा अन्तिम संस्कार गरिन् ।’
१२ महिलासँग थियो सम्बन्धः
साहिलाका अनुसार महेश निकै राम्रा व्यक्ति थिए । श्रीमतीसँग उनको सम्बन्ध राम्रो थिएन । रिपोर्टलाई विश्वास गर्ने हो भने महेशले पाँच विवाह गरेका थिए तर वास्तविकतामा उनको सम्बन्ध १२ महिलासँग थियो । तीमध्ये कोहीसँग उनले विवाह गरे भने कोहीसँग लिभ–इन रिलेसनमा बसे ।
तीन दिनसम्म घरभित्रै हुँदा गन्हाएको थियो भिलेन महेश आनन्दको शव, १८ वर्षपछि भेटे काम तर २२ दिनमै मृत्यु
शवसँगै भेटियो रक्सीको बोतलः
पुलिसका अनुसार महेशले मृत्युका बेला ट्र्याक सुट लगाएका थिए । शव नजिकै रक्सीको बोतल पाइएको थियो । यसबाहेक नायकको घरबाहिर दुईवटा खानाको बक्स पनि भेटियो । यसबाट स्पष्ट हुन्छ कि उनले थुप्रै दिनदेखि खाना खाएका थिएनन् ।
गत वर्ष हात काट्ने कोसिसः
महेश आनन्द गहिरो डिप्रेशनमा थिए । गत वर्ष फेसबुकमा प्रशंसकसँगको कुराकानीमा उनले हात काटेर आत्महत्या गर्ने बताएका थिए । तर यो खबर चाँडै नै CINTAA मा पुग्यो । CINTAA की सदस्य नुपुर अलंकार तुरुन्त महेश भएठाउँमा पुगे र उनलाई आत्महत्या गर्नबाट रोके ।
घरमै मृत भेटिए बलिउडका चर्चित भिलेन महेश आनन्द
उनी भन्छिन्, ‘मैले महेशसँग करिब ५० मिनेटसम्म कुरा गरेँ र उनलाई पुलिस नआएसम्म व्यस्त राखेँ । धन्य उनले आफ्नो हात काट्न पाएनन् । उनी डिप्रेशनमा थिए । उनलाई CINTAA (सिने एण्ड टेलिभिजन आर्टिस्ट असोसिएशन) के हो भन्ने पनि थाहा थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ