बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फरार रहेका न्यौपाने ३६ वर्षपछि प्रहरीको फन्दामा

सोमबार, २८ माघ २०७५, २० : २४
सोमबार, २८ माघ २०७५

स्याङ्जा । कालीगण्डकी गाउँपालिका–५ बस्ने ७५ वर्षीय झिल्लुप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले अंशबन्डा मुद्दामा ३९ साल साउन १७ गते पाँच हजार २०२ रुपैयाँ ७५ पैसा जरिवाना तोकेको थियो । 

जरिवाना नतिरेपछि अदालतले २ वर्ष कैद सजाय तोकेकामा फरार रहेका न्यौपानेलाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

न्यौपानेविरुद्ध जिल्ला अदालत स्याङ्जामा ३३ साल पुस २३ गते मुद्दा दर्ता भएको थियो । 

जलेर मृत्यु 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका एक गाडखानीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । आज बिहान स्थानीयवासी ५८ वर्षीय बलबहादुर थापाको घरमा आगलागी हुँदा थापाको घरमा बस्दै आएका २८ वर्षीय कृष्ण कामीको जलेर मृत्यु भएको भण्डारीले जानकारी दिए । मृतक कामी थापाको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । 

आगलागीबाट थापाको घरभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार आगलागीबाट थापाको १४ लाख ८० हजार बराबरको क्षति भएको छ । 

कामीको शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ भने आगलागी कसरी भयो भन्ने बारे कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप