शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले भने: छोरी माइत जाँदा जति खुसी हुन्छिन्, सिरहा आउँदा म त्यस्तै हुन्छु (हेरौं १५ दृष्य)

सोमबार, २८ माघ २०७५, १९ : १०
सोमबार, २८ माघ २०७५

सिरहा– पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनता सँधै राज्यबाट उपेक्षित भएको दाबी गरेका छन् । सोमबार ‘मिर्चैयामा प्रथम महात्सव’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले पनि मधेसी जनताले राज्यबाट आफूहरु विभेदमा परेको महसुश गरेको मलाई राम्रोसँग थाहा छ हामी चाँडै सबै मधेसी समूदायको भावना, उदेश्यक र विचारलाई मध्यनगर गर्दै संविधान संशोधन गर्न तत्पर छौं ।’ 

सोही क्रममा अध्यक्ष प्रचण्डले नागरिक्ता विधेक संसदबाट चाँटै पास हुने बताउँदै अब सदाको लागि नागरिकता समस्या समाधान हुने पनि बताए । उनले भने, ‘अहिले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तान ठूलो समस्यामा छन्, विधेयक पास भएपनि उनीहरुले पनि नागरिक्ता पाउने र नागरिक्ता समस्या सदाका लागि समाधान हुन्छ ।’

अर्को एक प्रसंगम अध्यक्ष  प्रचण्डले समृद्ध मुलुक निर्माणको लागि जुनसुकै क्षेत्रले लगानी गरेपनि फारक नपर्ने बताए । उनले भने, ‘संसारमा कुनै पनि देशको विकास तिव्र गतिमा भएको छ भने त्यहाँ निश्चित रुपमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य छ ।’

उनले निजी, सर्वाजनीक र सहकारीको माध्यमबाट देशमा छिटो विकास गर्न सकिने समेत बताए ।  महोत्सव उद्घाटनकै क्रममा उनले मिर्चैयामा जन्मिएर विभिन्न क्षेत्रमा प्रख्यात व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । 

अध्यक्ष प्रचण्डले आजै सिरहाको अर्नमा गाउँपालिका १ महनौरमा रहेको स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका थिए । स्वास्थ्य चौकी उद्घाटन गर्दै उनले एउटा छोरीलाई माइत जाँदा जस्तो लाग्छ आफूलाई पनि सिरहा त्यस्तै लाग्ने गरेको बताए ।

दोस्रो संविधानसभाको निर्वाचनमा सिरहाली जनताले आफूलाई विजय गराएर संविधान निर्माण प्रकृयामासहभागी गराएको कुरा स्मरण गर्दै भने, ‘एउटी छोरीलाई माइत जाँदा जति आनन्द हुन्छ, मलाई पनि सिरहा आउँदा त्यस्तै लाग्ने गर्छ ।’ 

अध्यक्ष प्रचण्डलाई सिरहावासीले बैण्डबाजा र साँस्कृतिक कार्यक्रमसहित भव्यरुपमा स्वागत गरेका थिए । तस्विर: रामभरोसी यादव/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप