बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भैंसेपाटी स्थित यति कार्पेटको डिलरमा आगलागी

सोमबार, २८ माघ २०७५, १५ : ३२
सोमबार, २८ माघ २०७५

ललितपुर – ललितपुरको भैंसेपाटी स्थित यति कार्पेटको डिलरमा आगलागी भएको छ । 

ललितपुर महानगरपालिका–२५ मा रहेको ‘बिएन आरओ ट्रेडर्स’ को गोदाममा सोमबार मध्यान्ह लागेको आगो नियन्त्रणमा आएको बताइएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी अपिलराज बोहराका अनुसार केही समयअघि आगो नियन्त्रणमा आएको हो । 

यति कार्पेटको डिलर समेत रहेको ‘बिएन आरओ ट्रेडर्स’ मा भएको आगलागीको कारण खुल्न सकेको छैन् । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी दमकल सहित घटनास्थल पुगेका थिए । 

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको ललितपुर प्रहरीले जनाएको छ । 

गोदाममा रहेको कार्पेट, फोम तथा युपिभिसीहरु जलेर नष्ट भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप