शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ अध्यक्ष महरद्वारा पदबाट राजीनामा

सोमबार, २८ माघ २०७५, १५ : १३
सोमबार, २८ माघ २०७५

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । 

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए । 

नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग भएको छ । अब पार्टी नेतृत्वले राजीनामा स्वीकृत गरेपछि तदर्थ समिति गठन गरिने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप