शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्यातजन्य उत्पादनमा गोल्यान समूहको छलाङ, कामदारलाई सुविधै सुविधा

सोमबार, २८ माघ २०७५, १४ : ०६
सोमबार, २८ माघ २०७५

काठमाडौं– पूर्वी नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्यान समूहले रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डष्ट्रिज र शिवम् प्लाष्टिकजस्ता निर्यातजन्य उद्योग सञ्चालन गरिरहेको छ ।

जसमा रिलायन्स स्पिनिङ मिल्स देशकै उदाहरणीय कम्पनीको रुपमा स्थापित हुने क्रममा रहेको गोल्यान समूहको दाबी छ । 

एकै ठाउँमा ४ हजार ५ सय जनालाई रोजगारी दिने रिलायन्स नेपालको एक मात्र उद्योग हो । १ अर्ब १५ करोड रुपैयाँ लगानीमा स्थापना भएको थियो रिलायन्स । स्थापना कालमा  वार्षिक ८ हजार टन धागो उत्पादन गरेको थियो । त्यो बेला धागोको बजार भारतमा मात्र सिमित थियो । 

जसमा धागो ८० प्रतिशत भारत निर्यात हुन्थ्यो । हाल उद्योगले वार्षिक २२ हजार टन धागो उत्पादन गर्दै आएको छ । अहिले उक्क्त धागो भारत, बेलायत, बंगलादेश, टर्कीलगायतका देशमा निर्यात हुने गरेको छ

ट्राइकोट इन्डष्ट्रिज

पहिलेको शाह कपडा उद्योग र हालको ट्राइकोट इन्डष्ट्रिजले पनि विदेशमा तयारी पोशाक निर्यात गर्दै देशको अर्थतन्त्रमा टेवा पर्याइ रहेको छ । उक्त कम्पनीले वार्षिक ३५ देखि ४० करोडको हाराहारीमा तयारी पोशाक निर्यात गरिरहेको छ ।

कम्पनीले आफ्नो उत्पादनको ९० प्रतिशत हिस्सा विदेशमा निर्यात गर्ने र दश प्रतिशत आन्तरिक बजारमा खपत हुने गरेको गोल्यान समूहका निर्देशक शक्ति गोल्यान बताए । उनका अनुसार हाल ट्राइकोटका उत्पादनहरु भारत, जर्मनी, अमेरिका, डेनमार्क, इटाली, अष्ट्रिया, न्यूजिल्यान्ड, बेलायत, दक्षिण अफ्रिका, क्यानडा र स्विजरल्यान्डमा निर्यात हुँदै आएका छन् ।

कम्पनीमा २ सय ५० मजदुर कार्यरत छन् । निर्देशक गोल्यान शून्य भञ्सार दरमा नेपाली तयारी पोशाकको निकासीका लागि लबिङ समेत गरिरहेको बताए । यसमा सरकारी पक्षको सकारात्मक साथ पाएको खण्डमा तयारी पोशाक उत्पादक कम्पनी पूर्नजीवनका लागि महत्वपूर्ण अवसर हुने उनले दबी गरे ।

शिवम् प्लाष्टिक

शिवम् प्लाष्टिक कम्पनीले कृषि फार्मलाई लक्षित गरि ‘सुपर पोलिन’ प्लाष्टिकको उत्पादन गर्दै आएको छ । विगत ६ महिनादेखि विराटनगरमा ९० करोड रुपैयाँ लगानीमा शिवम् प्लाष्टिक उद्योेगले ‘सुपर पोलिन’ ब्रान्डको प्लाष्टिक उत्पादन गरिरहेको छ । ६ महिनाको अवधिमा करिब २०० टन प्लाष्टिक उत्पादन गरेको छ । 

उद्योगले वार्षिक ८०० टन उत्पादन गर्ने लक्ष्य लिएको छ । ‘सुपर पोलिन’ ब्रान्डको प्लाष्टिक भारतीय ब्रान्ड ‘सिल्पोलिन’कोे भन्दा सस्तो र बढी टिकाउ रहेको शिवम् प्लाष्टिकका निर्देशक निखिल अग्रवालले जानकारी दिए । विगत ३० वर्षदेखि विश्वभर एकछत्र राज गर्दै आएको भारतीय ब्रान्ड ‘सिल्पोलिन’को विकल्पका रुपमा ‘सुपर पोलिन’ प्लाष्टिक आएको निर्देशक अग्रवालले दाबी गरे । 

उनका अनुसार भारतीय प्लाष्टिकको तुलनामा नेपाली प्लाष्टिक १० देखि १५ प्रतिशत सस्तो पर्छ । यस्तै भारतीय ‘सिल्पोलिन’भन्दा बढी टिकाउ हुन्छ । शिवम् प्लाष्टिक उद्योगले माछा पालन, कृषि उत्पादनका लागि टनेल, पोल्ट्रिफार्म लगायत कृषि उद्योगमा प्रयोग हुने प्लाष्टिक उत्पादन गर्दै आएको छ । 

कम्पनीले उत्पादन गरेका सम्पूर्ण प्लाष्टिक आफ्नै प्रयोगशालामा परीक्षण गरेपछि मात्र बिक्रीमा पठाउने गरेको छ । यस्तै कम्पनीले १ वर्षको ग्यारेन्टीका साथै प्लाष्टिकमा कुनै प्रकारका समस्या आए तत्काल परिवर्तन गरिदिन्छ । कम्पनीले देशको ८० प्रतिशत माग धान्दै विदेश निर्यात गर्ने उद्देश्य राखेको छ । 

उद्योग सञ्चालनको प्रमुख समस्या

उद्योगको सबैभन्दा ठूलो समस्या भनेकै दक्ष भइसकेको जनशक्तिले बीचमै काम छोडिदिनु हो । रलायन्स स्पिनिङ मिल्स भाइस प्रेसिडेन्ट महेशकुमार पोखरेल प्रत्येक महिना ५ सय जनालाई तालिम व्यवस्था गर्न कम्तिमा ५० लाख रुपैयाँ खर्च हुने गर्दछ ।

उनले भने ‘मेसिनरीमा काम गर्नेहरुलाई दक्ष बनाउन दुई तीन महिना तालिम दिनुपर्छ । यसरी तालिम लिएकाहरु उद्योग छोडेर विदेशतिर आर्कषक तलबको खोजिमा हिड्छन् । यसले धागो उद्योगले ठूलो घाटा ब्यहोदै आएको छ ।’

तर पछिल्लो समय काम छोडेर जाने कामदारको संख्यामा कमी आएको छ । अहिले सो संख्या घटेर १ सय ५० मा झरेको छ । सामाजिक सुरक्षा कोष लागू भएपछि करिब २ महिना अवधिमा उद्योगलाई कामदारको भार ३० लाख कम भएको देखिन्छ । 

सामाजिक सुरक्षा कोषको प्रभाव

सामाजिक सुरक्षा कोष लागूभएदेखि भने काम सिकेर छोडने प्रवृतिमा केही कमी आएको छ । जसले उद्योगलाई सकारात्मक प्रभाव पारेको रिलायन्स स्पिनिङ मिलका सञ्चालक पवन गोल्यान दाबी गर्छन । 

गोल्यान भन्छन्, ‘कम्पनीसँग आवद्ध कामदारको हितलाई ध्यानमा राख्दै सामाजिक सुरक्षाको आधारभूत सुनिश्चितता गर्न सो कोषमा हामी गएका छौं दुई–तीन महिनाको प्रवृत्ति विश्लेषण गर्दा यसले कम्पनी छोड्ने कामदारको प्रवृत्तिमा कमी आएको देखिएको छ । दक्ष भइसकेको जनशक्ति विदेश पलायन हुन यसले रोक्ने देखिएको छ ।’ 

रिलायन्समा सामाजिक सुरक्षा कोष कार्यान्वयनको प्रभाव सकारात्मक देखिएकोमा उद्योगीहरु उत्साहीत भएका छन् । 

सरकारले गत मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कोषको घोषणा गरेको थियो । त्यतिबेलै रिलयान्सले त्यसलाई स्वीकार्दै कार्यान्वयनमा गयो । सञ्चाक गोल्यान बताउँछन् । 

कमदारलाई सुविधा

रिलायन्स कम्पनी अन्तर्गत ४ हजार ५ सय कामदार कार्यरत छन् । जसमा प्राविधिक र व्यवस्थापनमा गरी उच्च तहमा काम गर्नेहरु कर्मचारीको संख्या १ सय ५० सय छन् । बाँकी सबै तल्लो तहमा कार्यरत कर्मचारी छन् । 

कम्पनीले कर्मचारीको समस्यालाई ध्यानमा राखेर आवासको व्यवस्था समेत गरेको छ । जहाँ १ हजार ५ सय जना बसिरहेका छन् । महिला पुरुषका लागि छुट्टाछुट्टै आवास निर्माण गरेको छ । कम्पनीभित्र आधारभूत उपचारको व्यवस्था पनि छ । सानोतिनो चोटपटक लागे बाहिर अस्पताल पुगिहाल्नु पर्दैन ।

कम्पनी परिसरभित्रै बैंक एटिएम बुथ पनि राखिएको छ । उद्योगले कामदारको एकाउन्टमा जम्मा गरिदिएको रकम झिक्न उनीहरुले बाहिर गइरहनै पर्दैन । साथै कम्पनीभित्र बसोबास गर्ने कर्मचारी र उनीहरुका बाल बच्चाका लागि विद्यालय जान गाडीको व्यवस्था समेत गरेको छ । कम्पनजीकै गाडीले बिहान विद्यालय पुर्याई दिने र साँझ ल्याइदिने गर्दछ ।

कम्पनीले वातावरण प्रदुषणलाई मध्ये नजर गरेर धागो उत्पादनबाट निस्कने पानी प्रशोधन गरेर मात्र बाहिर पठाउने गरेको छ ।

गोल्यानमा पलाइएको आशा

गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले वर्तमान सरकार निर्यातजन्य उद्योगमा सकारात्मक देखिएको बताएका छन् । पूर्ववर्ति सरकारले उद्योगमा लगानीको कुरा गर्दा आफूहरुलाई अपमानित गर्ने खालको व्यवहार गर्ने गरेको गुनासो गरे ।

तर, अहिलेको सरकार र उद्योगसँग सम्बन्धित मन्त्रालयहरु उद्योगको विकास र विस्तारमा सकारात्मक देखिएको उनको बुझाई छ । उनी विगतमा आफूहरु नोक्सानी ब्यहोरेर भए पनि उद्योगलाई यहाँसम्म ल्याउन सफल भएको भन्दै आगामी दिन राम्रो हुनेमा विश्वस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप