शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघ अध्यक्ष महर राजीनामाको तयारीमा

सोमबार, २८ माघ २०७५, १४ : ०६
सोमबार, २८ माघ २०७५

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको बताइएको छ।  

काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ । तर, अहिले महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन ।

नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् । नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग हुनेछ । 

माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए । 

नेविसंघको वर्तमान कार्यसमितिले दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि माउ पार्टी भङ्ग निर्णयमा पुगेको बुझिएको छ । 

यसैबीच महरले नेविसंघको केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँगको छलफलपछि  के गर्ने भन्नेमा निर्णयमा पुगिने रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप