सुन चोरीको आरोपमा दुई जना जेल चलान
गौशाला – सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ ।
जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई रु एक लाख धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
श्रेष्ठ र अलीले जलेश्वर–२ बस्ने रसिना खातुन आफ्नो घरमा ताल्चा लगाई आफन्तको बिहेमा गएको मौका छोपी माघ १० गते राति सो घरको ताल्चा फुटाई सुन र चाँदीका गरगहना तथा नगद गरी रु दुई लाख ३२ हजार मूल्य बराबरको चोरी गरेका थिए ।
सुनको औँठी थान तीन, मङ्गलसूत्र थान एक र सुनको बल थान तीन जलेश्वर–१ अवस्थित सन्तोषकुमार साहको विष्णु ज्वेलर्समा बिक्री गरेको पाइएपछि प्रहरीले चोरीका गरगहना किनेको सन्तोषकुमार साहलाई पनि चोरीकै आरोपमा पक्राउ गरेको थियो ।
चोरी गरेको तथा चोरीका गरगहना किनेको कार्यमा संलग्न रहेका तीनमध्ये अदालतले श्रेष्ठ र अलीलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाएको छ भने साहलाई धरौटीमा रिहा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप