शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीदेवीको सम्झना गर्दै माधुरीले भनिन्, उनी छैनन् भनेर विश्वास नै लाग्दैन

सोमबार, २८ माघ २०७५, १२ : १४
सोमबार, २८ माघ २०७५

मुम्बई – स्वर्गीय अभिनेत्री श्रीदेवीको निधन भएको करिब एक वर्ष भएको छ । सुन्दरता र अभिनयकी खानी श्रीदेवीको निधन भएको वर्ष दिन पुग्नै लाग्दा पनि उनको मृत्यु भइसक्यो भनेर अझै स्वीकार गर्न गाह्रो हुन्छ । करिब तीन दशक बलिउडमा राज गरेकी श्रीदेवीले मृत्यु अघि निर्देशक अभिषेक वर्मनको फिल्म ‘कलंक’ मा काम गर्ने योजनामा थिइन् । तर अचानक उनको मृत्युकारण निर्देशक वर्मनले श्रीदेवीको भूमिकामा माधुरीलाई लिएका छन् । 

यसैक्रममा माधुरीले श्रीदेवीको सम्झनामा भावुक बन्दै भनिन्, ‘ अझै विश्वास गर्न मुश्किल हुन्छ । उनी छैनन् भनेर विश्वास नै लाग्दैन । श्रीदेवीको एक्कासी भएको निधन निकै अप्रत्याशित थियो ।’ उनले श्रीदेवीको भूमिका गर्नुपर्ने वाध्यता भएको भन्दै उनले निर्देशक वर्मनको काम पूरा गर्नैपर्ने भएकाले श्रीदेवीको निधनलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने दबाब भएको बताइन् । उनले भनिन्,‘ काम र उनलाई गुमाउनु अलग अलग कुरा हो तर उनलाई गुमाएको हो भन्ने सत्य स्वीकार गर्न मुश्किल थियो ।’

श्रीदेवीको मृत्यु गत साल फेब्रअरी २४ मा दुवईको एक होटलमा बाथटबमा डुबेर भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप