बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीको सोरुम उद्घाटन गर्न मुख्यमन्त्रीको हेलिकोप्टर शयर

सोमबार, २८ माघ २०७५, १० : ५६
सोमबार, २८ माघ २०७५

ओखलढुंगा– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा आएका छन् । 

सिद्धिचरण नगरपालिका वडा नम्बर ५ वर्णालुमा रुम्जाटार अटोमोवाइल्स प्रालिले सञ्चालन ल्याएको सोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आएका हुन् । 

मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकोप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आएका थिए । 
उनी महेन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकोप्टरबाट दिउँसो रुम्जाटार १२ः३० बजे आएर सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाडा्ैं फर्किएका थिए । 

उक्त रुम्जाटार अटोमोवाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बुझिएको छ । 
 गुरुङकै पहलमा मुख्यमन्त्री राई उक्त कम्पनीको सोरुम उद्घाटन गर्न अाएका हुन् । 

यसअघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो ।

निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उयपुक्त नभएको सरोकारवाले बताएका छन् ।

 नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स–साना काममा मुख्य मन्त्री कुद्न उपयुक्त नभएको बताए । 

 उनले भने, ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसावले सबै ठाउँ जानुपर्छ ।’ 

मुख्यमन्त्री भएपछि राई ओखलढुंगा तीन पटक आइसकेका छन् । तर नेकपाका कार्यकर्ता भने उनको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । 

सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय भने पुगेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप