बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कंगना भन्छिन्, आलिया करण जौहरकी ‘कठपुतली’

सोमबार, २८ माघ २०७५, १० : २६
सोमबार, २८ माघ २०७५

एजेन्सी – फिल्म हलमा फिल्म चलेपछि फिल्मका बारेमा, अभिनेता तथा अभिनेत्रीका बारेमा विभिन्न अफवाह फैलिने गर्छन् । र, यो फिल्म चलाउने गतिलो माध्यम बन्दै आएको छ । 

विशेषतः बलिउडमा फिल्म चलेपछि फिल्ममा अभिनित अभिनेत्री, अभिनेतादेखि निर्देशक  र निर्माता पनि विभिन्न कारणले चर्चामा आउन थाल्छन् । जनवरी २५ मा रिलीजमा आएको अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका– द क्वीन अफ झाँसी’ले यतिबेला बक्स अफिसमा राम्रै कलेक्शन गरिरेहको छ । 

ऐतिहासिक कथाबस्तुमा आधारित उक्त फिल्म छयाङ्कनको समयदेखि नै निकै चर्चामा छ । भने, रिलीज भइसकेपछि पनि कंंगनाका विभिन्न अभिव्यक्तिका कारण फिल्मका विषयमा चर्चा परिचर्चा भइरहेका छन् । 

यसैक्रममा उनले केही दिनअगाडि उनको फिल्मको वेवास्ता गरेको भन्दै केही बलिउड कलाकारलाई महिला सशक्तिकरणका विषयमा अभियान चलाउने कलाकारले नै उनको फिल्म नहेरेको आरोप लगाएकी थिइन् । उनले अभिनेत्री आलिया भट्टलाई करण जोहरकी कठपुतली भनेकी थिइन् । उनको यो भनाईप्रति अभिनेत्री तनुश्री दत्ताले पनि सहमति जनाएकी छिन् । उनले भनिन्, ‘कंगनालाई फिल्म इन्डस्ट्रीमा कसैले पनि सहयोग गरेनन् किनकी मानिसहरु उनको क्षमता र दक्षतासँग जलिरहेका छन् ।’

साथै, कंगनाको उक्त बयानपछि गत शनिबार अभिनेता अनुपम खेरले कंगनाको तारिफ गरेका छन् । उनले कंगना महिला सशक्तिकरणको राम्रो उदाहरण भएकी र साथसाथै उनी रकस्टार पनि भएको जिकिर गरेका छन् । 

यसै सन्दर्भमा आलियाले भने मिडियामा कुनै पनि प्रतिक्रिया जनाइनन् । उनले एक भारतीय सञ्चारमाध्यम डीएनएसँग कुरा गर्दै भनिन्, ‘ म कंगनाको बारेमा कुनै पनि व्यक्तिगत कुरा गर्न चाहान्न । मैले पहिले पनि भन्दै आएकी हुँ र अब पनि भन्छु उनी आफ्नै मेहेनतले यहाँ सम्म पुगेकी हुन् । उनी खुलेर आफ्ना कुरा राख्छिन् जुन कुराको म सधैँ सम्मान गर्छु ।’

केहि समय पहिले कंगनाले आलियालाई आफै सशक्त बन्न सुझाव दिएकी थिइन् । उनले करण जौहरकी कठपुतलीमात्र भएर नबस्न साथै महिला र देशको लागि गर्व हुने खालको काम गर्न सल्लाह दिएकी थिइन् । 

यो पनि पढ्नुहोस् 

‘मणिकर्णिका’ हेर्न नगएपछि यी कलाकारलाई कंगनाले भनिन्, यिनीहरु यति नीच कसरी हुन सक्छन् ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप