बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जब विवाहको दिन अपरिचितले गरे कपिललाई चुम्बन, यसरी पाठ पढाए

सोमबार, २८ माघ २०७५, ०९ : ५७
सोमबार, २८ माघ २०७५

भारतका हास्यकलाकार कपिल शर्माको कार्यक्रममा हरेक हप्ता झैं यसहप्ता पनि सेलिब्रिटीको उपस्थिती रह्यो । सुपर डान्सर च्याप्टर थ्रीका जज शिल्पा शेट्टी कुन्द्रा, गीता कपुर र अनुराग बसु यो कार्यक्रममा देखिए । उक्त कार्यक्रममा कपिल शर्माले आफ्नो विवाहको एउटा अचम्मको घटना सार्वजनिक गरे । स्मरण रहोस् कपिल शर्माले डिसेम्बर १२ मा गिन्नीसँग विवाह गरेका थिए ।

कपिलले आफ्नो विवाहको दिन सम्झँदै भने, ‘मेरो विवाहको दिन एक व्यक्ति थिए, जो हरेक कार्यक्रममा सहभागी थिए र जब मलाई विवाहको शुभकामना दिन आए तब मेरो गालामा चुम्बन गरे । तर मलाई ती व्यक्ति को हुन् भन्ने थाहै थिएन । मलाई उसको व्यवहार मन परेन र मैले उनलाई पाठ पढाउने निर्णय गरेँ । जब उनी मेरो नजिकै आए तब मैले उनलाई कुहिनोले हानिदिएँ । त्यसपछि उनले आफ्नो व्यवहार दोहोराएनन् ।’

यसका साथै शिल्पा शेट्टीले पनि अनुराग बसुबारे कुरा गरिन् । शिल्पाले भनिन्, ‘अनुराग हेर्दा गम्भीर देखिन्छन् तर उनी निकै मजाक गर्छन् । उनले हालै मेरो चियामा नुन हालिदिएका थिए । एक पटक त अनुरागले शिल्पाको फोनबाट उनकी बहिनी शमिता शेट्टीलाई मेसेज गरेका थिए । अनुरागले म गर्भवती भएको लेखेका थिए । यो सुनेर बहिनी निकै उत्साहित भएकी थिइन् तर पछि उनलाई अनुरागले लेखेको भन्ने थाहा भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप