बार्सिलोना बराबरीमा रोकियो
सोमबार, २८ माघ २०७५, ०९ : ०२
एजेन्सी – स्पेनिस पावर हाउस बार्सिलोना ला लिगामा एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ ।
बार्सिलोना आइतबार बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई केही फाइदा पुगेको छ ।
कप्तान लियोनेल मेस्सी सुरुवाती रोजाईमा फर्किएको खेलमा उनले गोल गर्न नसकेपछि टोली गोलरहित नतिजामा खुम्चियो । आफ्नो घरेलु मैदान बार्सिलोनालाई रोक्न बिल्बाओले कक्षा प्रक्ति बलियो बनाएको थियो ।
दोस्रो हाफमा राम्रो अवसर बनाएको बार्सिलोनाले सदुपयोग गर्न सकेन । बराबरीसँगै बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४५ अंक छ । ४४ अंक बनाएको एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ । बिल्बाओ २७ अंकका साथ १३औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने