शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सीकाे पाेष्टमा गोल वर्षा गर्दै सिटी शीर्ष स्थानमा

सोमबार, २८ माघ २०७५, ०८ : ४५
सोमबार, २८ माघ २०७५

एजेन्सी–लन्डन  साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई ६–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै २७ खेलबाट ६५ अंक बनाएको सिटीले समान अंक बनाएको लिभरपुललाई गोलअन्तरका आधारमा पछि पारेको छ । यद्यपि, लिभरपुलले एक खेल कम खेलेको छ ।  घिरेलु मैदानमा सनसनीपूर्ण प्रदर्शन गरेको सिटीको जितमा सर्जियो एग्युरोले ह्याट्रिक गरे । रहिम स्ट्रलिङले दुई र इलके गुन्डोगानले एक गोल गरे । चौथोँ मिनेटमा खाता खोलेका स्ट्रलिङले ८० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । एग्युरोले १३ औँ, १९ औँ र ५६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

गुन्डोगानले २५ औँ मिनेटमा गोल गरेका थिए   यसैगरी आइतबार राति नै भएको खेलमा टोट्टनहामले लेस्टर सिटीलाई ३-१ गोलले हराएको थियो । टोट्टनहामको जितमा डाभिन्सन सान्चेजले ३३ औँ, क्रिस्टियन इरिक्सनले ६६ औँ र सन हेउङ मिनले ९० औँ मिनेटमा गोल गरे । लेस्टरका जिमी भार्डीले ७६ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।  

तेस्रो स्थानमा रहेको टोट्टनहामको ६० र चौथोँ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानमा रहेको आर्सनल र छैटौं स्थानको चेल्सीको समान ५० अंक छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप