शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसिसि कोरियामा जितलाइ हराउँदै अन्जु भइन् विजयी

सोमबार, १६ साउन २०७४, ०९ : ०१
सोमबार, १६ साउन २०७४

ऐश्वर्य श्रेष्ठ - सोल  नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको अध्यक्षमा मञ्जु केसी निवचित भएकी छन् । आइतबार भएको संस्थाको १६ औ अधिवेशनमा केसीले निकटतम प्रतिद्धन्द्धी जित बहादुर  गुरुङलाई पराजित गरेकी हुन्  ।

सोलस्थित नेपाल हाउसमा सम्पन्न भएको एनसिसिको १६ औ अधिवेशनमा जम्मा खसेको मत ७७९ मध्ये ४८४ मत केसीले पाएकी थिइन भने गुरुङले २८८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा प्रकाश ढुंगाना, महासचिवमा निर्मल कुमार बेल्वासे, सचिवमा पत्रकार कृष्ण बस्याल, कोषाध्यक्षमा राजकुमार स्याङताङ र सह–कोषाध्यक्षमा विष्णु प्रसाद घिमिरे निर्वाचित भएका छन् ।

कोरियामा नेपाली दुतावास स्थापना हुनु अघि एनसीसीले त्यहाँ रहेका नेपालीको पीर मर्कामा सहयोग गर्ने गर्दथ्यो । एनसीसीले पछिल्लो समय संघसंस्थालाई कार्यक्रम बाँडफाँडमा मात्र सिमित गरेको आरोप लाग्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप