शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोसिएल मिडिया फिल्म अवार्डमा ‘जोगी’ र ‘अलिखित’ उत्कृष्ट

आइतबार, २७ माघ २०७५, २० : ३८
आइतबार, २७ माघ २०७५

काठमाडौं– ‘सोसिएल मिडिया फिल्म अवार्ड २०७५’ आइतबार बाँडिएको छ । छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघसंस्था वा व्यक्तिलाई सम्मान गर्न आयोजित समारोहमा थुप्रैले अवार्ड हात पारे ।

जमलस्थित एल्लोपेगोडा होटलमा आयोजित अवार्ड समारोहमा सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक अनिरुद्र दवाडी बन्दा सर्वोत्कृष्ट डकुमेन्ट्री ‘जोगी’ र सर्वोत्कृष्ट लघु चलचित्र ‘अलिखित’ घोषित भयो । 

कुल १६ विधामा बाँडिएको अवार्डमा छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सृजनालाई सम्मान गर्दै जनमानस माझ ल्याउनुको उदेश्यले आयोजना थालिएको ‘ड्रिम वोल्ड अफ फिल्म मेकर्स’का अध्यक्ष एवम् निर्देशक सबनम मुखियाले बताइन् ।  अवाडको अर्काे उदेश्य नेपाली समाजका सांस्कृतिक, परम्परागत, धार्मिक, सामाजिक तथा पर्यटन प्रवद्र्धनलाई विश्वसामु  चिनाउने समेत रहेको छ ।

रविन आचार्य कार्यक्रम संयोजक रहेको अवार्ड समारोहमा अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, सन्तोस श्रेष्ठ, केशव भट्टराई, आकाश अधिकारी लगायत थुप्रै चलचित्रकर्मीको सहभागिता रहेको थियो । 

क–कसले पाए अवार्ड ?

१ युट्युव तर्फको सर्वोत्कृष्ट भिडियो – निमेशश्रेष्ठ (फन रिभोलुसन टिभी)
२. फेसबुक तर्फको सर्वोत्कृष्ट भिडियो – निमेश श्रेष्ठ
३. समाचारतर्फको सर्वोत्कृष्ट भिडियो – सन्तोषी अधिकारी
४. सर्वोत्कृष्ट ट्रोलतर्फ – ट्रोल फुटबल नेपाल
५. लघु फिल्मको सर्वोत्कृष्टसम्पादन – उमेश चौधरी र युवराज खनाल
६. लघु चलचित्रको सर्वोत्कृष्टनायीका – स्मृती न्यौपाने
७. लघु चलचित्रको सर्वोत्कृष्टनायक –निमेश श्रेष्ठ र अनिस जंग थापा
८.लघु चलचित्रको सर्वोत्कृष्टसाउण्ड (आवाज) – विनय अधिकारी
९.लघु चलचित्रको सर्वोत्कृष्ट छयाङ्कन– विकल थापा
१०. लघु चलचित्रको सर्वोत्कृष्ट भिडियो (निर्णयकका तर्फबाट) – बोकाहरु (फन रिभोलुसन टिभी)
११. सर्वोत्कृष्ट इन्करेजमेन्ट – विकास घले गुरुङ
१२. सर्वोत्कृष्ट सोसियल म्यासेज – राज मानन्धर
१३. सर्वोत्कृष्ट सार्वजनिक छनौट– सञ्चिता बुढाथोकी
१४. सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक – अनिरुद्र दवाडी
१५. सर्वोत्कृष्ट डकुमेन्ट्री – जोगी 
१६. सर्वोत्कृष्ट लघु चलचित्र – अलिखित

तीन व्यक्तिलाई सम्मान 

कार्यक्रममा सामाजिक, चलचित्र, पत्रकारिता तथा विभिन्न माध्यमबाट जनचेतनामूलक कार्य गरेवापत ‘सोसियल रंगममञ्च पत्रकारिता पुरस्कार २०७५’ कुवेर गिरीलाई , ‘सोसिएल मिडिया सामाजिक अभियन्ता सम्मान २०७५) उत्तम सञ्जेललाई र  ‘चलचित्रकर्मी सम्मान २०७५’ सञ्चारकर्मी तथा निर्देशक  संगीत श्रेष्ठलाई प्रदान गरियो । तीनै सम्मानित व्यक्तिलाई माला, खादा, प्रमाणपत्रका साथै नगद रु  ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार मात्र)बाट सम्मान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप