शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यास्पियन कपमा कसमस र त्रिचन्द्रको विजयी सुरुवात

आइतबार, २७ माघ २०७५, २० : ३६
आइतबार, २७ माघ २०७५

काठमाडौं–प्रथम क्यास्पियन कप इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगितामा कसमस कलेज र त्रिचन्द्र कलेजले विजयी सुरुवात गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कसमसले आयोजक क्यास्पियन कलेजलाई ७ रनले हरायो । मैदान चिसो भएको कारण आठ ओभरमा छोट्याईएको खेलमा आयोजक क्यास्पियनले निर्धारित ८ ओभरमा ६ विकेटको क्षतिमा ६६ रन बनाएको थियो । जवाफमा कसमसले ८ ओभरमा चार विकेटको क्षतिमा ७३ रन बनायो ।

यसैगरी अर्को खेलमा त्रिचन्द्र कलेजले काफकोल कलेजलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको त्रिचन्द्रले निर्धारित ८ ओभरमा ६ विकेटको क्षतिमा ६८ रन बनायो । ६९ रनको लक्ष्य पछ्याएको काफकोल ८ ओभरका ३ विकेटको क्षतिमा ५२ रनमा समेटिएको थियो ।

प्रतियोगिातका विभिन्न १६ टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आठ दिनसम्म सञ्चान हुने प्रतियोगिताको नेकपाका युवा नेता  अनिल शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितालाई सिजी ग्रुपको वाईवाईले मुख्य प्रायोजन गरेको छ । यामाहा कम्पनीले सहप्रायोजन गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप