बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतविरुद्वको टी–२० सिरिजमा न्युजिल्यान्डको कब्जा

आइतबार, २७ माघ २०७५, १९ : ३१
आइतबार, २७ माघ २०७५

एजेन्सी– भारतविरुद्वको तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार न्युजिल्यान्डलले भारतलाई ४ रनले हरायो । जितसँगै युजिल्यान्डले सिरिज २–१ ले जितेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको भारत निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रनमा समेटिएको थियो ।

भारतका ओपनर शिखर धवन ५ रनमा आउट भएका थिए । राहित शर्माले ३८, विजय शंकरले ४३, ऋषव पन्तले २८ र हार्दिक पाण्डेयाले २१ रन बनाएका थिए । महेन्द्रसिंह धोनीले २ रनमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कोलिन मुन्नोले सर्वाधिक ७२ रन बनाए । टिम सेफर्टले ४३, कोलिन डी ग्यान्डहोमले ३० र केन विलियम्सनले २७ रन बनाउ । बलिङमा भारतका कुलदिप यादवले दुई तथा हार्दिक पाण्डेया र भुवनेश्वर कुमारले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो टी–२० खेल न्युजिल्यान्डले ८० रनले जितेको थियो । दोस्रो खेलमा भारत सात विकेटले विजयी भएको थियो । यसैगरी न्युजिल्यान्डविरुद्धको ५ खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले ४–१ ले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप