शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या छैन: अर्थमन्त्री खतिवडा

आइतबार, २७ माघ २०७५, १९ : १०
आइतबार, २७ माघ २०७५

कठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले एनसेलसँग अझै पनि ६३ अर्ब संचित पूँजी रहेको उल्लेख गर्दै त्यसबाट बक्यौता पूँजीगत लाभकर असुली गर्न कुनै समस्या नरहेको प्रष्टयाएका हुन् । 

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिबद्धता पनि जनाए ।  उनले संस्था हस्तान्तरणसँगै उनीहरुको दायित्व पनि हस्तान्तरण हुँदै जाने भएकाले सरकारले सोही अनुसार एनसेलको लाभांश कर असुली गर्ने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले ऐनसेलको पूँजीगत लाभकर असुली गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको पनि बताए । बैठकमा समितिका सदस्यहरुले एनसेलसँग पूँजीगत लाभकर वापतको १२ अर्ब ७३ करोड असुली गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप