शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा लागूऔषधसहित दुई युवा प्रहरी नियन्त्रणमा

आइतबार, २७ माघ २०७५, १८ : ३१
आइतबार, २७ माघ २०७५

सिरहा– सिरहा प्रहरीले लागू प्रतिवन्धित औषधसहित ३ दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बेस क्याम्प लहानबाट खटिएको संयुक्त टोलीले लहान ३ पूर्व बसपार्कबाट उदपपुर जिल्लाको त्रियुगा नपा ७ का २७ वर्षिय आशिष सिलवाल र लहान ३ कै २५ वर्षिय रामबाबु शर्मालाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुको साथबाट फेरारगन ९ एम्पुल, डाईजिल्याव ९ एम्पुल र नफिन ८ एम्वुलसहित प्रहरीले नियत्रन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेको दुवैजनालाई आवश्यक कार्वाही प्रकृया अगाडी बढाईसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । 

यहि हप्ता सिरहको विभिन्न स्थानबाट थप ३ जना युवकहरुलाई लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि आवश्यक कार्वाही प्रकृया अगाडि बढिसकेको प्रहरीले जनाएको छ ।  यो घटनाले सिरहामा खुल्ला सीमानाका कारण उदयुर र सिरहाका विभिनन स्थानबाट युवाहरु सीमावर्ती  भारतीय बजारबाट लागूऔषध ओसारपोसार गर्ने गरेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप