शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बी डिभिजन लिग : आरसिटीको विजयी सुरुवात

आइतबार, २७ माघ २०७५, १८ : १७
आइतबार, २७ माघ २०७५

काठमाडौं– रानीपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक ’बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । आईतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले गोल अन्तरले पराजित गर्दै पहिलो जीत निकालेको हो । सुरुवातमा एक गोलले पछाडी परेको अवस्थामा जित निकाल्दै आरसिटीले खेल आफ्नो पक्षमा पारेको थियो ।

आरसिटीको जितमा संसार नन्द पलाञ्चोकेले दुई गोल गरे भने पुकार आले मगरले एक गोल गरे । खेलको पहिलो मिनेटमा नै नयाँ बस्ती युथ क्लबका सानी कुमार चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । खेलको २९ मिनेटमा आरसिटी प्राप्त भएको पेनाल्टीलाई गोलमा बदल्दै पुकारले खेल बराबरीमा ल्याएका थिए । खेलको ५१ र अतिरिक्त समयमा गोल गर्दै संसार नन्द पलाञ्चोकेले आरसिटीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । यो जितसँगै आरसिटीको तीन अंक भएको छ ।

यस्तै, आज भएको दोश्रो खेलमा पनि पुल्चोक स्पोर्टस् क्लबले  बाँसबारी क्लब माथि ३–१ को जीत निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुल्चोकका लागि टेकराज गुरुङ १७ औं मिनेटमा पहिलो गोल गरेका थिए । यता गोलका लागि संघर्ष गरिरहेको बाँसबारीले नवीन थापाको गोलबाट ४७ औँ मिनेटमा बराबरी गरेको थियो । बराबरी भएको ५२ औँ मिनेटमा पुल्चोकका लागि रामकाजी कुमालले गोल गर्दै अग्रता दिलाए भने ९३ औँ मिनेटमा पुल्चोकका सुशील गुरुङले गोल गर्दै जीत सुनिश्चित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप