शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन १८ देखि

आइतबार, २७ माघ २०७५, १८ : ०१
आइतबार, २७ माघ २०७५

काठमाडौं– नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन १८ गते हुने भएको छ । नेपाली सेनाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो वर्ष ‘रन फर फन’ भन्ने मूल नारामा प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । प्रतियोगिता महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिन लागेको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमाझीले जानकारी दिए । 

प्रतियोगिता विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने गरि आयोजना गर्न लागिएको प्रमुख रायमाझीले जानकारी दिए ।  प्रतियोगितामा ४२.१९५ किमिको म्याराथन, हाफ म्याराथन महिला÷पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमिको दौड आयोजना हुने भएको छ ।

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । त्यसैगरी १० किमि दौडमा विदेशी सैनिक सहचारी (महिल/पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ ।

म्याराथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछन् भने त्यस्तै दोस्रोले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार पाउने छन् ।

हाफ म्याराथनअन्तर्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समूहका खेलाडीले रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछ । पाँच किमि वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप