बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५  चिकित्सक पक्राउ

आइतबार, २७ माघ २०७५, १७ : २५
आइतबार, २७ माघ २०७५

काठमाडाैं-कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ जना चिकित्सक पक्राउ परेका छन् ।

कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै स्वास्थ्य मन्त्रालय अगाडि धर्नामा रहेका सरकारी चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर पान्डेले मन्त्रालयले शान्तिपूर्ण धर्ना दिईरहेको बेलामा प्रहरी लगाएर धरपकड गरिएकाे आराेप लगाए ।

यसैबीच  धर्नामा भएकाे प्रहरी हस्तक्षेपप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

संघका महासचिव डा.लोचन कार्कीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा सरकारले चिकित्सकहरुको समायोजनका सम्बन्धमा गरेकाे विवादास्पद निर्णयका विरुद्ध धर्ना दिँदा धरपकड गरिनु निन्दनीय भएकाे उल्लेख गरिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप