शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम क्यास्पियन इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु

आइतबार, २७ माघ २०७५, १७ : ०७
आइतबार, २७ माघ २०७५

काठमाडौं– राजधानीको मुलपानीमा आइतबारदेखि प्रथम क्यास्पियन इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगितको नेकपाका युवा नेता  अनिल शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । 

कार्यक्रममा सम्बोधन गर्दै नेता शर्माले खेल, खेल मात्रै नभएर विश्वस्तरमा नेपाललाई चिनाउने उपयुक्त माध्यम पनि भएकोले खेलाडीले खेलको मर्यादा र अनुशासनमा रहेर खेल्नुपर्ने सुझाव दिए । क्रिकेटको माध्यमबाट खेलाडीहरुले देशलाई चिनाइरहेको स्मरण गर्दै उनले क्रिकेट र समग्र खेलक्षेत्रको विकासका लागि सरकारले पनि पर्याप्त लगानी दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा चौधरी ग्रुपका सिनियर एक्ज्युकेटिभ सौरभ घिमिरे तथा अम्पायारहरु रविन्द्र गुप्ता र धर्मसुन्दर शाक्यलगायतको सहभागिता रहेको थियो । 

उक्त प्रतियोगिताको प्रायोजन वाइवाइले गरेको छ भने सहप्रायोजन यामाहा कम्पनीले गरेको छ ।

प्रतियोगिता ८ दिनसम्म चल्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप