मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकले बाँड्यो ९ वटा नगरपालिकालाई १/१ करोड

आइतबार, २७ माघ २०७५, १७ : ०७
आइतबार, २७ माघ २०७५

काठमाडौं– काठमाडौं महानगरपालिकाले मातहतका नौं वटा नगरपालिकालाई १/१ करोड रकम हस्तान्तरण गरेको छ ।  आईतबार एक कार्यक्रमको आयोजना गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मातहतका नौं वटा नगरपालिकालाई ‘नगर–नगर साझेदारी’ कार्यक्रम अन्तरगत १/१ करोड रकम हस्तान्तरण गरेका हुन् ।

हरेक नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने परियोजनामा खर्च गर्ने गरी सो रकम महानगरपालिकाले मातहतका सबै नगरपालिकालाई हस्तान्तरण गरेको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । उनले सो बजेट तोकिएको परियोजनामा खर्च नगरे सम्बन्धित नगरपालिकाले ब्याजसहित फिर्ता गर्नुपर्ने सर्त पनि राखिएको जानकारी दिए ।

सम्झौंताअनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ । त्यसैगरी शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नुपर्नेछ ।

सूचना अधिकारी आचार्यले गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्ने, बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौंडामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने समझदारीसहित चालू आर्थिक वर्षको बजेटबाट सबै नगरपालिकालाई सो रकम हस्तान्तरण गरिएको पनि जानकारी दिए । 

सम्झौताअनुसार महानगरपालिकाले हरेक वर्ष सो परियोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्नेछ । दिइएको बजेट तोकिएको परियोजनामा खर्च नगर्ने नगरपालिकाले महानगरपालिकालाई व्याजसहितको रकम बुझाउनुपर्ने सर्त छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाले सबै नगरपालिकासँग सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन हरेक नगरपालिकासँग साझेदारी कार्यक्रम नै सञ्चालन गरेको पनि स्पष्ट पारे ।

काठमाडौं महानगरपालिकाले यस अघिनै टोखा नगरपालिकालाई १ करोड रकम हस्तान्तरण गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप